जलेश्वरीमा लामो समयको पर्खाइपछि विद्युत विस्तार – Kanika Khabar
Thursday, April 18Nepali News Portal

जलेश्वरीमा लामो समयको पर्खाइपछि विद्युत विस्तार

    मा प्रकाशित

कनिका खबर
भदौं १२, खोटाङ
खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित सिम्ले खोलाबाट ५ किलोवाट क्षमताको विद्युत निकालिएको छ । जलेश्वरीको देम्लीटार, बाबियोखर्क र हंखाईका ६५ घरमा बिस्तार गरिएको लघुजलविद्युत आयोजना बिहिबार गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले उद्घाटन गर्नुभएको हो । लघुजलविद्युत योजनाका लागि गाउँपालिकाले ५ लाखको टर्बाइन, पाँच लाख बराबरकै विद्युतीय सामग्री र ११० एमएमको १२० मिटर कुलोपाईप उपलव्ध गराएपछि विद्युत विस्तार भएको जनाइएको छ । लामो समयको अन्धकारकारको सामना गरेका स्थानियहरुको घरघरमा विद्युत विस्तार भएपछि हर्षित भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्