कनिका खबर
भदौं १२, जुम्ला
जुम्लाको चन्दननाथ नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको महिलाहरुको संख्यामा वृद्धि भएको छ । महिलाहरुमा आएको सचेतनाले गर्दा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुको संख्यामा वृद्धि भएको हो । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा महिला र बच्चाको स्वास्थ्य अवस्था सुरक्षित हुने भएकाले संस्थागत सुत्केरी हुनेको संख्या बढेको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । महिलाहरुमा जनचेतना बढ्दै गएपछि यहाँ हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्यामा वृद्धि हुदै गएको हो । नगरपालिका भित्र रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तलिउम हेल्पोटबाट गत आर्थिक वर्ष २०७६÷७७ मा १ सय ३ जनाले सुत्केरी गराएको चन्दननाथ नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत पृथ्वीनाथ योगीले जानकारी दिनुभएको छ ।
मा प्रकाशित


