नेपाल आइडल सिजन–३ को विजेता बनिन् सज्जा चौलागाई – Kanika Khabar
Thursday, March 28Nepali News Portal

नेपाल आइडल सिजन–३ को विजेता बनिन् सज्जा चौलागाई

    मा प्रकाशित

कनिका खबर
भदौ १२, दाङ ।


नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । आज शुक्रबार राति उनलाई विजेता घोषणा गरिएको हो । उनी नेपाल आइडलको पहिलो महिला विजेता पनि हुन् । यसअघिका आइडल पुरुषले जित्दै आएका थिए ।
यस्तै फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् ।
आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको घोषणा गरेका थिए ।
शुक्रबार राति घोषणा अघि कार्यक्रममै नेपाल आईडल सिजन ३ का एक सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।
संक्रमणका कारण ग्राण्ड फिनालेको विजेता घोषित कार्यक्रममा जज तथा प्रतिस्पर्धी अनुपस्थित रहे ।

आइडल विजेताले उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्