थप दुई कोरोना सङ्क्रमितको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

थप दुई कोरोना सङ्क्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ १३, दाङ ।
नेपालमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा र पाल्पाका रहेका छन् । लुम्बिनी मेडिकल कलेजमा उपचाररत पाल्पा तानसेन नगरपालिका–८ मदनपोखराका ३० वर्षका एक जना महिला रहेको बताइएको छ । भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज भर्ना भएको उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि उनी सोही दिनदेखि आइसोलेसनमा उपचाररत रहेको र हिजो बिहानदेखि भेन्टिलेटरमा राखेर उपचारको क्रममा हिजो साँझ साढे ६ बजे मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले बताएका छन् ।
यसैगरी, वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षका एक महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । श्वासप्रश्वासमा समस्या भएपछि हिजो दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो । उपचारको क्रममा उनको हिजो साँझ साढे ७ बजेतिर मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । मृत्यु भएका ४६ मध्ये ३४ जना पर्साका, १० जना बाराका र रौतहटका २ जना छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्