दोषीलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको माग – Kanika Khabar
Friday, March 29Nepali News Portal

दोषीलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको माग

    मा प्रकाशित

कनिका खबर
भदौ १३, दाङ ।
राष्ट्रिय मानव अधिकार आयोगले जातीय छुवाछुत जस्ता अमानवीय र आपराधिक घटनाको सूक्ष्म र निष्पक्ष छानविन गरी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ । रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको मृत्युको घटनाबारे ध्यानाकर्षण भएको जनाउँदै आयोगले यस सँगै अन्य जातीय छुवाछुतका घटना नेपालको संविधान, ऐन कानुन र नेपालले अनुमोदन गरेका संयुक्त राष्ट्रसंघीय महासन्धिविरुद्ध रहेको जनाएको छ ।
आयोगले पीडित परिवारलाई तत्कालै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र यस्ता घटना पुनरावृत्ति हुन नदिन सरकारको ध्यानाकर्षण गराएको आयोगका प्रवक्ता वेद भट्टराइले सीआइएनसँग बताउनुभयो । आयोगले रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको मृत्युको घटनाको अनुसन्धान पनि सुरु गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्