पर्साको निषेधाज्ञा अब वीरगञ्ज महानरपालिकामा मात्रै – Kanika Khabar
Monday, April 22Nepali News Portal

पर्साको निषेधाज्ञा अब वीरगञ्ज महानरपालिकामा मात्रै

    मा प्रकाशित

कनिका खबर
भदौ १३, पर्सा ।
पर्सा जिल्लामा जारी निषेधाज्ञा अब महानगरपालिकामा मात्रै लागू हुने भएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा जारी निषेधाज्ञा अब वीरगञ्ज महानगरपालिका मात्रै सीमित गरिएको हो ।
जिल्ला सुरक्षा समिति र संकट व्यवस्थापन केन्द्रको बैठकले भदौं १८ गते मध्यरातिसम्म वीरगञ्जमा मात्रै निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा हिजो बसेको बैठकले निषेधाज्ञा वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र मात्रै सीमित गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । वीरगञ्जमा साउन १० गतेदेखि नै निषेधाज्ञा जारी छ । साउन १९ गतेबाट भने पर्सा जिल्लाभर निषेधाज्ञा लगाइएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्