दुई सातापछि खुल्यो रसुवागढी नाका – Kanika Khabar
Thursday, April 18Nepali News Portal

दुई सातापछि खुल्यो रसुवागढी नाका

    मा प्रकाशित

कनिका खबर
भदौ १३, नुवाकोट ।
नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका दुई सातापछि सञ्चालनमा आएको छ ।चीनको केरुङ नजिकै पहिरो गएर बाटो अवरुद्ध हुँदा नाका बन्द भएको थियो । काठमाडौँदेखि एकसय ५२ किलोमिटर उत्तर भाटेकोशी नदी किनारामा रहेको रसुवागढी–केरुङ सडक खण्ड अन्तर्गत ठोङ्सा मुनि रहेको घुम्तीमा पहिरो गएपछि गत साउन ३२ गतेदेखि नाकामा आयात रोकिएको थियो । पहिरो पन्छाउने काम सकिएसँगै हिजोबाट नाका सञ्चालनमा आएको हो ।रसुवागढी नाका सञ्चालनमा आएको भएपनि विश्वव्यापी फैलिएको नोवेल कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएको छ । कोरोना सङ्क्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएका छन् । चिनियाँ पक्षले नेपालको खुला स्थानमा सामग्री ल्याएर झारिदिने बताए पनि हिजो मितेरी पुलको बीचमै झारेका थिए । नेपालतर्फको खुला स्थानमा सामग्री झार्नका लागि चिनियाँ टोली सहमत भइसकेको छ । मितेरी पुलमा सामग्री झार्दा नेपाली पक्षलाई सामग्री लोड गरेर ल्याउन समस्या हुँदै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्