नेकपा सचिवालय बैठक स्थगित ः रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नेकपा सचिवालय बैठक स्थगित ः रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा

    मा प्रकाशित

कनिका खबर
भदौं १३, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल र गृह मन्त्री रामबहादुर थापा बादल होम आइसोलेशनमा बसेपछि शनिबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो ।

सचिवालयको अर्को बैठक भदौ १८ गतेलाई तोकिएको छ । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरु होम आइसोलेसनमा बसेका हुन् ।

गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा सीसीएमसीको बैठक बसेको थियो । उनीहरुको पीसीआर परीक्षण गरिएको भए पनि नतिजा भने आउन बाँकी छ । नतिजा नआउँदा सम्म उनीहरु होम आइसोलेसनमै बस्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्