तीन मन्त्रीको स्वाब संकलन – Kanika Khabar
Thursday, March 28Nepali News Portal

तीन मन्त्रीको स्वाब संकलन

    मा प्रकाशित

कनिका खबर
भदौं १३, काठमाडौं

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीकै एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन मन्त्रीको स्वाब संकलन गरिएको छ । सीसीएमसीका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको स्वाब संकलन गरिएको हो । आज बिहान उहाँहरुको स्वाब संकलन गरिएको हो । उहाँहरुको सचिवालयमा रहेका सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको छ । सीसीएमसीको बैठक व्यवस्थापनमा खटिएका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि मन्त्रीहरु पोखरेल, थापा र ढकाल आइसोलेसनमा हुनुहुन्छ ।

पोखरेल र थापा आइसोलेसनमा रहेकाले आज आजका लागि बोलाइएको नेकपा सचिवालय बैठकसमेत भदौ १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्