काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारका १ सय ५० भन्दा बढी कैदीबन्दीलाई ज्वरो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारका १ सय ५० भन्दा बढी कैदीबन्दीलाई ज्वरो

    मा प्रकाशित

कनिका खबर
भदौं १३, काठमाडौं

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारका १ सय ५० भन्दा बढी कैदीबन्दीलाई एकसाथ ज्वरो र रुघाखोकी देखिएको छ । कोरोना भाइरस हुन सक्ने भन्दै ५० जनाको स्वाब संकलन गरिएको छ । बाहिरबाट ल्याइएका दुईजना कैदीमा कोरोना देखिएपछि कारागारभित्रै ‘क्वारेन्टाइनबनाएर उनीहरुलाई निगरानीमा राखिएको छ । देशभरका ७१ जेलमा २३ हजार ८ सय कैदीबन्दी छन् । तर, जेल क्षमता १० हजारमात्र भएकाले सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै कैदीबन्दीले बुधबार मानब अधिकार आयोगसमक्ष जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

मानब अधिकार आयोगले बुधबारै सरकार र कारागार व्यवस्थापन विभागलाई परिपत्र गर्दै उच्च सतर्कता अपनाउन सजग गराएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्