महोत्तरीको बर्दिबासमा दुर्घटना : एकजनाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

महोत्तरीको बर्दिबासमा दुर्घटना : एकजनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं १३, बर्दिवास
महोत्तरीको बर्दिबासमा आज सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा बर्दिबास नगरपालिका १ का ४० वर्षीय टेक नारायण श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई घटनालगत्तै उपचारका लागि बर्दिबास जनसेवा हस्पिटलमा भर्ना गरेको र उपचारकै क्रममा श्रेष्ठको ज्यान गएको ईलाका प्रहरी कार्यलय बर्दिबासका प्रहरी निरीक्षक सोनु कुमार साहले जानकारी दिनुभयो । बर्दिबास नगरपालिका १ स्थित बर्दिबास बजार क्षेत्रमै रोकेर राखिएको ना. ३ स. २३६१ नम्बरको अटोलाई आर जे ०२ जि बी ३३४७ नम्बर भएको भारतीय गाडिले ठक्कर दिँदा अटो चालक श्रेठको मृत्यू भएको प्रहरीले जनाएको छ ।भारतीय गाडि सहित चालक अरबिन कुमार बलाइतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्