भक्तपुरमा दूध नबिकेपछि सडकमा फालियो – Kanika Khabar
Saturday, April 20Nepali News Portal

भक्तपुरमा दूध नबिकेपछि सडकमा फालियो

    मा प्रकाशित

कनिका खबर
भदौं १३, भक्तपुर
उपत्यकामा निषेधाज्ञा जारी भएका कारण दूध बिक्री नभएपछि भक्तपुरको सूर्यबिनायकमा दूध सडकमा फ्याँकिएको छ । सूर्यबिनायक नगरपालिका ८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले बिक्री नभएपछि सडकमा दूध फालेका हुन् ।किसानबाट संकलन गरेको दूध बिक्री ठप्प भएपछि शुभमाया श्रेष्ठ सञ्चालक रहेको डेरीले सडकमा दूध फालेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख तारा थापाले जानकारी दिनुभयो ।

भक्तपुरमा निषेधाज्ञाको समयमा बिहान ९ः१५ बजेसम्म मात्रै दूध तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइन्छ । त्यस बाहेकका समयमा पानी र औषधिजन्य व्यवसाय मात्रै सञ्चालन गर्न पाईने छ । निषेधाज्ञाका कारण बिक्री घट्दा किसान र व्यवसायी दुवै मारमा परेको नेपाल डेरी एशोसिएसनले जनाएको छ । भक्तपुरमा दैनिक तीन लाख लिटर दूध खपत हुने गरेकोमा निषेधाज्ञाका कारण अहिले एकलाख लिटर हाराहारी मात्रै बिक्री हुने गरेको एशोसिएसनले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्