स्वीडेनमा कुरान जलाएको विरोधमा प्रदर्शन – Kanika Khabar
Saturday, July 19Nepali News Portal

स्वीडेनमा कुरान जलाएको विरोधमा प्रदर्शन

    मा प्रकाशित

कनिका खबर
भदौ १४, दाङ ।
कुरान जलाएको विरोधमा स्वीडेनमा व्यापक प्रदर्शन भएको छ । स्वीडेनको एक र्‍यालीमा कुरान जलाइएपछि व्यापक प्रदर्शन भएको हो । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ ।

गत शुक्रबार स्वीडेनको धुर दक्षिणपन्थी पार्टीका नेता रासमुस पालुदनको नेतृत्वमा प्रवासन नीतिको विरोधमा आयोजना गरिएको एक र्‍यालीमा कुरान जलाइएपछि विरोध सुरू भएको हो ।

प्रदर्शनकारीहरूले स्वीडेनको माल्मो शहरमा सवारीसाधन र भवनहरूमा तोडफोड र आगजनी गरेपछि झडप भएका छन् ।

सो क्रममा केही सुरक्षाकर्मी र कयौँ प्रदर्शनकारी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

तस्वीर : ईपीए

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्