दाङमा समुदायमा फैलियो कोरोना, ७० जना सक्रिय सङ्क्रमित – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

दाङमा समुदायमा फैलियो कोरोना, ७० जना सक्रिय सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
भदौ ११, दाङ ।
दाङमा समुदायस्तरमा कोरोना फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । शनिबार मात्रै दाङमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । थप सङ्क्रमितका आधारमा नै दाङमा समुदायमा कोरोना फैलिएको बताइएको छ ।
शनिबार दाङमा थपिएका १९ जना सङ्क्रमितमध्ये ९ जना तुलसीपुर उपमहानगरपालिकाका रहेका छन् भने १० जना घोराही उपमहानगरपालिकाका रहेका छन् ।

तुलसीपुरका थप नयाँ ९ जना सङ्क्रमित मध्ये २ जना चिकित्सक र २ जना नर्स रहेका छन् । त्यसैगरी २ जना पारामेडिक्स र ३ जना अफिस सहयोगी कर्मचारी रहेका छन् ।
त्यसैगरी घोराही उपमहानगरपालिकामा थपिएका १० जना सङ्क्रमितहरुमध्ये ३ जना लक्ष्मी बैकमा कार्यरत कर्मचारीहरु रहेका छन् । १ जना नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, ३ जना व्यापारी रहेका छन् भने २ जना वैदेशिक रोजगारबाट फर्किएका कर्मचारी रहेका छन् ।

दाङको घोराही र तुलसीपुर क्षेत्रमा समुदायस्तरमा नै कोरोना सङ्क्रमण देखएको छ । बैकर्स, स्वास्थ्यकर्मी, कर्मचारी, व्यापारी तथा सर्वसाधारणमा कोरोना पुष्टि भएको छ । दाङको नारायणपुर क्षेत्र पनि जोखिममा परेको छ । केही दिन पहिले घोराही ११ खैरा निवासी एक बैकर्समा कोरोना पुष्टि भएपछि उनको कन्ट्रयाक्टमा रहेकाको स्वाब परीक्षण गराउँदा शनिबार घोराही वडा नं. १० नारायणपुर क्षेत्रका ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नारायणपुर क्षेत्र पनि जोखिममा रहेको छ र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङले कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिसकेको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

दाङमा हिजो शनिबारसम्मको तथ्याङ्कलाई हेर्ने हो भने कुल सङ्क्रमित ७६७ जना रहेका छन् । ती मध्ये ६९७ जना निको भएर घर फर्किएका छन् । २ जनाको मृत्यु भइसकेको छ भने ७० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्