कनिका खबर
भदौं १४, पोखरा
सात प्रदेश मध्ये गण्डकी प्रदेशमा सरकारले कोरोना नियन्त्रणमै रहेको प्रदेश सरकारले निष्कर्ष निकालेको छ । प्रदेश सरकारले गरेका विभिन्न प्रयासका कारण हालसम्म कोरोना सङ्क्रमणको अवस्था नियन्त्रण बाहिर नगएको प्रदेश सरकारले निष्कर्ष निकालेको हो । प्रदेश राजधानीमै सङ्क्रमण र मृत्युका घटना बढिरहँदा उच्च जोखिम रहेका र सङ्क्रमण कम देखिएका जिल्लालाई फरक रणनीति अपनाउने गरी प्रदेश सरकार अघि बढेको छ ।
गण्डकी प्रदेशले जाँचको दायरा बढाउनुका साथै आइशोलेसन थप गर्ने निर्णय पनि गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सीआईएनसँग बताउनुभयो । यातायातका साधनसँगै भिड नियन्त्रण अहिले मुख्य चुनौति देखिएको प्रदेश सरकारले जनाएको छ ।