पर्सालाई सामान्य अवस्थामा फर्काउन प्रशासनको पहल, जाँचको दायरालाई बढाइदै – Kanika Khabar
Thursday, March 28Nepali News Portal

पर्सालाई सामान्य अवस्थामा फर्काउन प्रशासनको पहल, जाँचको दायरालाई बढाइदै

    मा प्रकाशित

कनिका खबर
भदौं १४, पर्सा
प्रदेश नम्बर २ भने सङ्क्रमण र मृत्युदर पनि बढीरहेको छ । पर्सालाई सामान्य अवस्थामा फर्काउन प्रशासनले विभिन्न प्रयासहरू थालेको छ । हिजो ३९ जना सङ्क्रमित थपिएसँगै पर्सामा सङ्क्रमितको संख्या २१ सय नाघेको छ । जसमा एकहजार ५८ जना भने सङ्क्रकण मुक्त अथवा निको भइसकेका छन् । सङक्रमण नियन्त्रणमा लिन निषेधाज्ञा कडाईका साथ कार्यान्वयन गर्ने, जाँचको दायरालाई बढाउने, बिना मास्क कसैलाई पनि हिँडडुँल गर्न नदिने र सरकारले तोकेका स्वास्य सुरक्षाका मापदण्डलाई पूर्ण कार्यान्वय गराउनेगरी अघि बढेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सीआईएनसँग बताउनुभयो । खुल्ला सिमानाका कारण वीरगञ्ज लगायत सिंगो जिल्ला नै प्रभावित भएको प्रशासनले भनेको छ । एकसय जना सङ्क्रमित अस्पताल छन ।

३ सय २२ जना आइसोलेसनमा रहेका छन् । साढे ५ सय सङ्क्रमित होम आइसोलेसनमै बसिरहेका छन् । पर्सामा हालसम्म कोरोना सङ्क्रमणका कारण ३६ जनाको मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्