भक्तपुर जिल्ला भर कोरोना सङ्क्रमण भएका १७ प्रतिशतले कोरोना जिते – Kanika Khabar
Thursday, April 18Nepali News Portal

भक्तपुर जिल्ला भर कोरोना सङ्क्रमण भएका १७ प्रतिशतले कोरोना जिते

    मा प्रकाशित

कनिका खबर
भदौं १४, भक्तपुर
नेपालमा आज सम्ममा कूल सङ्क्रमितको संख्या ३७ हजार तीन सय ४० पुगेको आजभित्र नै २० हजार पाँच सय ५५ जना संक्रमितले कोरोना भाइरस संक्रमण मुक्त भएका छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमणलाई जित्नेको संख्या ५५ प्रतिशत रहेको छ तर भक्तपुर जिल्लामा भने कोरोना भाइरस सङ्क्रमण जित्नेको संख्या जम्मा १७ प्रतिसत मात्र रहेको छ । भक्तपुरमा आज सम्म १७ प्रतिशत सङ्क्रमितले मात्रै कोरोना भाइरस संक्रमणलाई जितेका छन् । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आजसम्म भक्तपुरमा २ सय ४९ पुरुष र एकसय ८० महिला गरी सङ्क्रमितको कूल संख्या ४ सय २९ पुगेको छ ।

यस अवधिमा ३९ पुरुष र ३५ महिला गरी ७४ जनाले मात्रै संक्रमणलाई जितेका छन । यो जम्मा संक्रमितको १७.२४ प्रतिशतमात्रै हो । आजसम्म कोरोना भाइरस संक्रमणका कारण भक्तपुरका ६ जनाको मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्