भारतमा एकै दिन ७८ हजार बढिमा कोरोना सङ्क्रमण पुष्टि, ६४ हजार ९ सय ३५ जना सङ्ंक्रमणमुक्त – Kanika Khabar
Sunday, October 6Nepali News Portal

भारतमा एकै दिन ७८ हजार बढिमा कोरोना सङ्क्रमण पुष्टि, ६४ हजार ९ सय ३५ जना सङ्ंक्रमणमुक्त

    मा प्रकाशित

कनिका खबर
भदौ १४, दाङ ।
भारतमा पछिल्लो २४ घण्टामा ७८ हजार भन्दा बढि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार थप ७८ हजार ७ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
एकैदिनमा यति धेरै संख्यामा कुनै पनि देशमा कोरोना सङ्क्रमण पुष्टि भएको यो पहिलो पटक हो । यसअघि गत जुलाई २५ मा अमेरिकामा एकैदिन ७८ हजार ४ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
योसँगै भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३५ लाख ४२ हजार ७ सय ३३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ सय ४८ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ६३ हजार ४ सय ९८ पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा करिब ७६ दशमलब ६१ प्रतिशत सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ६४ हजार ९ सय ३५ जना सङ्ंक्रमणमुक्त भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्