विद्यालय, लामो दुरीका यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म बन्द – Kanika Khabar
Sunday, July 19Nepali News Portal

विद्यालय, लामो दुरीका यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म बन्द

    मा प्रकाशित

कनिका खबर
भदौ १४, दाङ ।
सरकारले शैक्षिक संस्था, लामो दुरुीका यातायात र आन्तरिक हवाई उडानलाई भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । हिजो आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो । मुलुकभर कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सो निर्णय गरिएको ती मन्त्रीले बताए ।

यसैगरी बैठकले आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ ।

यसअघि अन्तरजिल्ला यातायात तथा हजाई उडान भदौ १५ गतेबाट खुला नगर्ने निर्णय भएको थियो । अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ ।

ै स्कुल कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको उनले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्