आज कतै ठूलो पानी पर्ने कतै घाम लाग्ने – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

आज कतै ठूलो पानी पर्ने कतै घाम लाग्ने

    मा प्रकाशित

कनिका खबर
भदौंं १५, काठमाडौं
आज देशभरी अधिकांस भागमा मौसम सामान्यतया समाफ रहने भएको छ । तर केही ठाउँमा भने पानी पर्नेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र प्रदेश २ का केही ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ र आसपास क्षेत्रको बिहान मौसम सफा रहेपनि दिउँसो सामान्य बदली हुने विभागको भनाई छ । बेलुकीपख सामान्यदेखि मध्यमखालको पानी पर्ने सम्भावना पनि रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभययो । उहाँका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्