सुनकोशी पहिरो पीडितलाई सुरक्षित स्थानमा सारियो, घर बनाउन पालिकाले ५ लाख दिने – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

सुनकोशी पहिरो पीडितलाई सुरक्षित स्थानमा सारियो, घर बनाउन पालिकाले ५ लाख दिने

    मा प्रकाशित

कनिका खबर
भदौंं १५, सिन्धुपाल्चोक
सुनकोसी गाउँपालिका ६ धुसेनीमा गएको पहिरो पीडितको घर बनाउन पालिकाले ५ लाख रुपैयाँ दिने भएको छ । पहिरोले घर पुरिएकाको घर निर्माण गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने पालिका अध्यक्ष श्रमणकुमार जिसीले बताउनुभयो । उहाँले घटनास्थलमै पुगेर पीडितसमक्ष प्रतिपरिवार ५ लाख दिने घोषणा गर्नु भएको हो । हिजो बिहान गएको पहिरोमा ४ घर पुरिएको थियो । जनप्रतिनिधि, सेना र प्रहरीको सहयोगमा जोखिममा रहेकार्ला सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । सुरक्षित स्थानान्तरणका लागि ३० बञ्डल जस्ता र ६ वटा टेण्ट समेत गाउँपालिकाले दिइएको छ । पहिरोले खिल बहादुर भण्डारी, सिताराम भण्डारी, इबहादुर भण्डारीको घर पुरिएको थियो । पहिरोको जोखिममा रहेका अन्य ९ घर परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्