नेपालमा कोरोना सङ्क्रमितको संख्या ३९ हजार ४ सय ६० पुग्यो – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेपालमा कोरोना सङ्क्रमितको संख्या ३९ हजार ४ सय ६० पुग्यो

    मा प्रकाशित

कनिका खबर
भदौं १५, काठमाडौं
पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् । मन्त्रालयको नियमित जानकारीका क्रममा आज प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको बताउनुभयो । काठमाडौं उपत्यकामा २९८ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना सङ्क्रमित १७ हजार ८ सय २२ जना छन् भने ७ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

कहाँ कति थपिए ?

सोमबार थपिएका संक्रमितमध्ये प्रदेश १ का जिल्लाहरुमा ओखलढुंगामा एकजना, खोटाङका एकजना, झाापका ५ जना, मोरङका १९ जना, संखुवासभाका ९ जना र सुनसरीका २५ जना छन् ।

डा गौतमका अनुसार प्रदेश २ का जिल्लाहरुमा धनुषाका ३१ जना, पर्साका ३४ जना, बाराका २३ जना, महोत्तरीका ६ जना, रौतहटका एकजना, सप्तरीका २२ जना, सर्लाहीक १०३ र सिरहाका ५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १९० जना, काभ्रेका १३ जना चितवनका ७१ जना, दोलखाका २ जना, धादिङका एकजना, भक्तपुरका ४१ जना, मकवानपुरका ४१ जना, रामेछापका २ जना, ललितपुरका ६७ जना, सिन्धुपाल्चोकका एकजना र सिनधुलीका ७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३ जना, गोरखाका १३ जना, तनहुँका २६ जना, नवलपरासी पूर्वका ४ जना, लमजुङका २ जना, बाग्लुङका ४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका २ जना, कपिलवस्तुका एकजना, नवलपरासीका ३ जना, पाल्पाका एकजना, बर्दियाका २ जना, बाँकेका १४ र रुपन्देहीका ११ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लाका एकजना र सुर्खेतका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूपरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका २३ जना, कंचनपुरका ७ जना, कैलालीका १६ जना, डोटीका एकजना, बझाङका एकजना र बैतडीका २ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४१० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२१ पुगेको थियो । आज थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २२८पुगेको छ ।

आज मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्