कनिका खबर
भदौं १५, मुगु
कर्णालीका तीन हिमाली जिल्लामा खाद्यान्नको अभाव सुरु भएको छ । विकास र सडक सञ्जाल सँग नजोडिएका कर्णालीका केही जिल्ला डोल्पा , हुम्ला र मुगुमा यति बेला खाद्यान्नको अभाव सुरु भएको छ । नेपाल खाद्य संस्थान व्यापार कम्पनि लिमिटेडमा रहेका खाद्यान्न गोदामहरुमा अहिले चामल सकिएको छ । खाद्य व्यापार कम्पनिमा रहेका खाद्यान्न गोदामहर रित्तिन थाले पनि यहाँका स्थानीय सरकार , प्रदेश सरकार र अन्य सम्बन्धित सँघ संस्थाले समयमै खाद्यान्नको विषयमा चाँसो नराख्दा समस्या उत्पन्न भएको नागरिकको गूनासो रहेको छ । माथिल्लो डोल्पाका ३ गाउँपालिकामा हाल खाद्यान्न अभाव रहेको छ । माथिल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका , शेफोक्सुन्डो गाउँपालिका , र डोल्पो बुद्ध गाउँपालिकामा खाद्यान्न अभाव रहेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनार जानकारी दिनु भयो । अत्यधिक चिसो मौसम हुने भएकाले माथिल्लो डोल्पामा खाद्यान्न उत्पादन कम हुन्छ । खाद्यान्न उत्पादन नै कम हुने भएकाले यि जिल्लामा अन्यत्रबाट खाद्यान्न आयात गर्नुपर्ने हुन्छ । अभाबसंगै मूल्यबृद्धि पनि बढेको स्थानीयको गूनासो छ । डिपोमा ५२ रुपैयाँ प्रतिकिलो पाइने चामल पनि बजारमा ८० रुपैयाँमा किन्नुपरेको स्थानीयले बताएका छन् । हुम्लाको केही स्थानमा पनि चामल अभाब सुरु भएको छ । मुगुमा सदरमुकाम गमगढी बजार देखि संस्थान सम्म खाद्यान्न अभाव भएको छ । खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेड अन्तर्गतका सबै डिपो हिजो आज खालि छन भने शाखा कार्यालय गमगढीमा रहेको गोदाममा ५ सय ५० क्वीन्टल मात्र बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिठेड शाखा मुगुका कार्यालय प्रमुख कर्णा बहादुर रावलले बताउनु भयो ।
मा प्रकाशित