पर्सामा थप एक जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु – Kanika Khabar
Thursday, March 20Nepali News Portal

पर्सामा थप एक जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं १६, पर्सा
पर्सामा थप एक जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । नारायणी अस्थायी हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षका पुरुष रहेका छन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि गत साउन ३१ मा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० मा स्वाब सङ्कलन गरी परीक्षण गर्दा साउन ३१ मा ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । १७ दिनदेखि उपचाररत उनको गयराति मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमित ती पुरुष मधुमेह र मिर्गौलाका बिरामी समेत थिए । पछिल्लो समयमा उनमा श्वासप्रश्वासको समेत समस्या देखिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्