सिरहा जिल्ला भरी निषेधाज्ञा जारी – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

सिरहा जिल्ला भरी निषेधाज्ञा जारी

    मा प्रकाशित

कनिका खबर
भदौं १६, सिरहा
सिरहा जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम समुदाय स्तरमा फैलिन थालेको भन्दै निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशारण ऐन २०२८ को दफा ६ र प्रचलित कानुन अनुसार हिजो राती १२ बजेदेखि भदौ २७ गते राती १२ बजेसम्म जिल्ला भरि निषेधाज्ञा जारी गरिएको हो । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलका अनुसार अत्यावश्कीय सेवा र काम बाहेक सम्पुर्ण सेवाहरुमा निषेध गरिएको छ । सिरहाको हरेक स्थानिय तहमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कणेलले बताउनुभयो । उहाँले सङ्क्रमितको पहिचानका लागि समुदायस्तरमै परीक्षणको दायरा बढाइने पनि जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्