सिरहा नगरपालिकामा पूर्णरूपमा लकडाउन – Kanika Khabar
Sunday, May 5Nepali News Portal

सिरहा नगरपालिकामा पूर्णरूपमा लकडाउन

    मा प्रकाशित

कनिका खबर
साउन २६, सिरहा
कोरोना भाइरस समुदायस्तरमा फैलिन थालेको भन्दै सिरहा नगरपालिकाले पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । सिरहा नगरपालिकाका नगरप्रमुख अशेस्वरप्रसाद यादवको अध्यक्षतामा आइतबार हिजो बसेको नगर कार्यपालिकाको बैठकले श्रावण २५ गते राती १२ बजेदेखी ३२ गते राती १२ बजेसम्मका लागि पूर्णरूपमा लकडाउन गर्ने निर्णय गरेको हो । बैठकले नगरक्षेत्रभित्र हाटबजार, सभासम्मेलन, कार्यालयहरू, बित्तिय संस्थाहरू, ब्यवसाय, होटेल तथा रेस्टुरेन्ट, सरकारी तथा नीजी सवारी नचल्ने निर्णय गरेको छ । अत्यावश्यक एम्बुलेन्स, औषधि पसल, दूध ढुवानी गाडी, खानेपानी, फोहोरमैला व्यवस्थापन कार्य नरोकिने निर्णय भएको नगरप्रमुख यादवले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्