यस्ता छन् आगामी बजेटका पाँच सिद्धान्त र प्राथमिकता – Kanika Khabar
Sunday, May 24Nepali News Portal

यस्ता छन् आगामी बजेटका पाँच सिद्धान्त र प्राथमिकता

    मा प्रकाशित

काठमाडौं । राष्ट्रियसभाले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. वाग्लेले नीति तथा कार्यक्रममाथि केन्द्रित रहेर उठेका जिज्ञासामाथि प्रस्ट पारेका थिए। उनले सरकारको कार्यदिशा सुशासन र आर्थिक समृद्धितर्फ लक्षित रहेको दाबी गरे।

नीति तथा कार्यक्रममाथि सदस्यहरूले राखेका संशोधन प्रस्तावहरूलाई बैठकले निर्णयार्थ प्रस्तुत गर्दा ती प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। तर, बैठकमा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिएकोमा बहुमतले पारित गरिएको छ।

नीति तथा कार्यक्रम पारित भएसँगै अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षका लागि ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता’ पेस गरेका थिए।

bajet-siddhanta-1778767740

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्