राष्ट्र बैंकको नयाँ व्यवस्था: बैंक तथा वित्तीय संस्थामा अतिरिक्त काम गराए ओभरटाइम भुक्तानी दिनुपर्ने – Kanika Khabar
Sunday, May 24Nepali News Portal

राष्ट्र बैंकको नयाँ व्यवस्था: बैंक तथा वित्तीय संस्थामा अतिरिक्त काम गराए ओभरटाइम भुक्तानी दिनुपर्ने

    मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको कामको समय र अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ ।

एकीकृत निर्देशन २०८२ संशोधन गर्दै राष्ट्र बैंकले अब कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने र बाध्य पार्न नपाइने नयाँ व्यवस्था गरेको हो ।

यसअघि निर्देशन नम्बर १४ को बुँदा नम्बर ३ मा बैंक तथा वित्तीय संस्थाको सञ्चालन समयलाई राष्ट्र बैंकको कार्यसमयसँग मिलाउनुपर्ने व्यवस्था मात्र उल्लेख थियो । जसका कारण बैंक तथा वित्तीय संस्थालाई अतिरिक्त समय वा सार्वजनिक बिदामा सञ्चालन गर्नुपर्दा केवल जानकारी दिने व्यवस्था मात्र थियो भने कर्मचारीको ओभरटाइम वा अतिरिक्त कामबारे स्पष्ट व्यवस्था थिएन ।

नयाँ संशोधित व्यवस्थामा राष्ट्र बैंकले भनेको छ- ‘इजाजतपत्रप्राप्त संस्थाले कर्मचारीलाई प्रचलित कानूनअनुसार मात्र अतिरिक्त समयमा काममा लगाउनु पर्नेछ । अतिरिक्त समयमा काम गराउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त पारिश्रमिक दिनुपर्नेछ र कर्मचारीलाई बाध्य पार्न पाइने छैन ।’

यस संशोधनसँगै बैंक तथा वित्तीय संस्थाले अब अतिरिक्त समय कर्मचारीलाई काम गराएमा अनिवार्य ओभरटाइम भुक्तानी दिनुपर्ने भएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्