आज ९ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

आज ९ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौं १२, काठमाडौं
पछिल्लो २४ घण्टामा ९ सय २७ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । १० हजार २२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । उनीहरुमध्ये १९५ जनाको मृत्यु भएको छ भने २० हजार २२४ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन् । देशभरमा १६ हजार १९ सक्रिय सङ्क्रमित छन् ।

उनीहरुमध्ये ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४४६ जना होम आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौं जिल्लामा मात्र ३५० जना छन् भने भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै रुपन्देहीका ७२ जना, मकवानपुरका ५१, मोरङका ४७, सुनसरीका ४१, बाँकेका ३६, चितवनका २६, रौतहटका २१, धनुषाका २०, काभ्रेका १७, धादिङ र कास्कीका १६र१६ जना, झापाका १५, महोत्तरी र सर्लाहीका १३ / १३ जना, सिराहाका १२ र नवलपुर, दैलेख र कैलालीका ११/११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । डोटीका ९ जना, सप्तरीका ७, जुम्लाका ६, बारा र तनहुँका ४ / ४ जना, नुवाकोट र सल्यानका ३ / ३ जना, संखुवासभा, पाँचथर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र बर्दियाका २र२ जना तथा इलाम, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रसुवा, गोरखा, बाग्लुङ, दाङ, कञ्चनपुरका १ /१ जनामा पनि सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनजाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्