कोरोना संक्रमित निको नहुँदै डिस्चार्ज – Kanika Khabar
Thursday, April 30Nepali News Portal

कोरोना संक्रमित निको नहुँदै डिस्चार्ज

    मा प्रकाशित

कनिका डेस्क

जेठ २३, दाङ ।

सेती प्रादेशिक अस्पतालले आइसोलेसनमा रहेका ६ जना कोरोना संक्रमित निको नहुँदै डिस्चार्ज गरेको छ।

कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टिनमा राख्न मिल्ने स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकामा व्यवस्था भए अनुसार अस्पतालले डिस्चार्ज गरेको हो।

यसरी डिस्चार्ज हुनेमा अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ का २० र २७ वर्षीय पुरुष तथा वडा नम्वर २ का २० र २२ वर्षीय पुरुष छन्।

अस्पतालबाट पठाइएका उनीहरुलाई घरसम्म पुग्न भने समस्या भएकोछ। दिनभर धनगढीमा पानी परेकाले अस्पताल बाहिर भिज्दै ३ घण्टा पर्खेका उनीहरु घर जान गाडी नपाएपछि समस्यामा परेकाहुन ।

सम्वन्धित स्थानीय तहले जिल्लाबाट एम्वुलेन्स पठाउन ढिलाई गरेपछि अस्पताल परिसरबाट हिँडेरै बजारसम्म पुगेका उनीहरुलाई पुन अस्पतालमा ल्याएर राखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्