आज भाद्र शुक्ल चतुर्दशी तराइमा अनन्त पूजा पर्व मनाइदै – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

आज भाद्र शुक्ल चतुर्दशी तराइमा अनन्त पूजा पर्व मनाइदै

    मा प्रकाशित

कनिका खबर
भदौं १६, महोत्तरी
आज तराईका जिल्लाहरुमा अनन्त पर्व मनाइदैछ । हरेक बर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्वको मधेसमा निकै महत्व छ । यसपर्वमा अनन्तनाथ अर्थात भगवान् विष्णुको पूजा आरधना गरिन्छ । यस पर्वलाई अनन्त चतुर्दशी पर्व पनि भन्ने गरिन्छ । चोखो धागोमा अनन्त मन्त्र ‘ऊ अनन्ताय नमः’ उच्चारण गरी हातमा बाँध्ने लाई वर्षभर शुभ , सुख , शान्ति हुन्छ भन्ने र्र्धािर्मक विश्वास छ । पूजापाठ गरेर अनन्त भगवानलाई अर्पण गरिएको रंगिचंगी धागो पुरुषले दायाँ र महिलाले बायाँ हातमा बाँध्ने परम्परा छ । अनन्त भगवानको ब्रत बस्नाले महिलाको सौभाग्यको रक्षा, उेश्वर्य प्राप्ति र मनोकामना पुर्ण हुने विश्वास गरिन्छ । धर्मग्रन्धका अनुसार १४ वर्षसम्म यो ब्रत गरेमा विष्णु लोक प्राप्ति हुन्छ । भित्री तराईमा आजको दिन भगवान विष्णुको ठुल्ठुला प्रतिमा बनाइ सर सजावट गरेर धुमधामका साथ पुजा आरधाना गरिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्