बाजुरामा खाद्य संकटका वेला जहाज चार्टर गरेर मदिरा ढुवानी – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

बाजुरामा खाद्य संकटका वेला जहाज चार्टर गरेर मदिरा ढुवानी

    मा प्रकाशित

कनिका खबर
भदौ १७, बाजुरा,
बाजुराको कोल्टी क्षेत्रमा खाद्य संकट भएको २ महिना भईसके पनि चामल ढुवानि हुन सकिरहेको छैन । तर मदिरा भने जहाज चार्टर गरेर ढुवानी भइरहेको छ । कोरानाको संकटका समयमा मदिरा जन्य र सुर्ति जन्य प्रदार्थ ढुवानीमा रोक लगाए पनि बाजुराको कोल्टि एरपोटमा भने खुलम खुल्लामदिरा ढुवानी भइरहेको हो । कोल्टि एरपोटमा दैनिक सात फलाइट सम्म हुने गरेका छन्, । तिन चार फलाइटमा मदिरा नै आउने गरेको बाजुरा नागरिक उडयन कार्यलय बाजुराका निमित्त प्रमुख प्रसाद पौडेलले बताउनुभएको छ । प्रति केजी ७५ देखी १ सय रुपैयाँ सम्म जहाजमा ब्यापारिहरुको मदिरा लगाएत दैनिक उपभोग्य वस्तु चाउचाउ विस्कुट ढुवानी गरेर बाजुराको कोल्टिमा जहाजमा ल्याउने गरेका समिट एयरका कोल्टी स्टेसन प्रमुख विनोद कुमार सिँहले बताउनु भयो । नेपालगञ्ज, सुर्खेतबाट सिता, समिट र तारा एयरले दैनिक बाजुरामा उडान भरिरहेका छन् । जहाजबाट कोल्टि चार्टर गरेर मदिरा आउने गरेको बताईएको छ । मदिरा बाजुराका चार वटा स्थानिय तह, कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लाका स्थानिय बजारमा जाने गरेको वताएका छन् । स्थानिय बजारमा खाद्यन्न अभाब रहेको लामो समय भएपनि समयमा चामल ढुवानि हुन सकिरहेको छैन । तर मदिरा भने फालाफाला पाइने गरेको बुढिनन्दा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपानेले बताउनुभयो । नागरिक उडयन कार्यलय कोल्टि बाजुराका अनुसार १ महिनामा १ सय ६० उडान कोल्टि बिमान स्थलमा भएका छन् । ६० प्रतिशत भन्दा बढि उडानमा मदिरा नै ढुवानी भएको कार्यलयले जनाएको छ । १ सय ६० उडानमा ९७ हजार ३ सय ४ केजी सामान ढुवानी भएको मध्ये धेरै मदिरा मात्र भएको कार्यलयले जनाएको छ । यता बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने मदिरा प्रतिवन्धका लागि बाँके र सुर्खेतका प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्ने वताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्