महिलाले प्रतिनिधित्व होइन नेतृत्व खोजिरहेका छन् : डा. संग्रौला – Kanika Khabar
Friday, April 26Nepali News Portal

महिलाले प्रतिनिधित्व होइन नेतृत्व खोजिरहेका छन् : डा. संग्रौला

    मा प्रकाशित

कनिका खब्
भदौ १७, दाङ ।
प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेपाली महिलालले प्रतिनिधित्व मात्र होइन महिला नेतृत्व खोजिरुहेको बताएकी छिन् ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेनले महिलाको प्रतिनिधित्व मात्रै नभई महिलाको नेतृत्व खोजेको बताएकी छन् । मंगलबार नेपालको प्रथम महिला नेता श्री मंगलादेवी सिंहको २४औं स्मृति दिवसको अवसरमा मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको “मंगलामा र महिला अधिकार“ विषयक कार्यक्रममा बोल्दै प्रतिष्ठानकी संथापक अध्यक्ष समेत रहेकी नेतृ संग्रौलाले अबको काँग्रेस महाधिवेशनबाट महिलाको प्रतिनिधित्व मात्रै नभइ महिलाको सशक्त नेतृत्व आउनुपर्ने बताएकी हुन् ।
भर्चुअल विधिमार्फत भएको उक्त भव्य छलफलमा नेतृ संग्रौलाले सबैभन्दा ठुलो प्रजातान्त्रिक पार्टी काँग्रेसभित्र अझै महिला नेतृत्वमा नभई प्रतिनिधित्व मात्रै बन्दै आएको बताइन् । उनले थपिन्, ‘अबका दिनमा अझै सक्रिय भएर सबै महिला नेतृहरु मंगलामाले देखाएको बाटोमा लाग्नुपर्नेछ ।’
अधिवेशनमा पदाधिकारी मध्य मूख्य महिला दाबेदार मानिएकी नेतृ संग्रौलाले भनिन्, “हामी अहिले पनि मंगलाले देखाएको बाटोमा हिँड्न सकेका छैनौँ । उहाँले विशेषगरी तीन कुरालाई विशेष ध्यान दिनुभएको थियो । जुन अहिले पनि सान्र्दभिक छ । राजनीतिमा महिला शसक्तिकरण मंगलमाको मुख्य उद्देश्य हो । उहाँले सँधै अधिकार मागरेर पाइँदैन खोसेर लिनुपर्छ भन्नुहुन्थ्यो । त्यो पनि हामीले गर्न सकेका छैनौँ ।”

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्