ओखलढुंगामा हेल्थडेक्समा खटिएका स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना पुष्टि – Kanika Khabar
Saturday, July 25Nepali News Portal

ओखलढुंगामा हेल्थडेक्समा खटिएका स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ १७, ओखलढुंगा
ओखलढुंगामा हेल्थडेक्समा कार्यरत स्वास्थ्यकर्मी सहित ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको मुख्य नाका टोक्सेल हर्कपरमा राखिएको हेल्थ डेक्समा कार्यरत १ स्वास्थ्यकर्मी र ४ जना प्रहरीमा कोरोना पुष्टि भएको हो । आज आएको रिपोर्टमा ५ जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । जिल्लाबाट स्वाब परीक्षणका लागि पठाईएको १ सय ८ मध्ये ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उहाँको भनाई छ । सङ्क्रमित मध्ये स्वास्थ्यकर्मी कोरोनाको कहर रोक्न स्थापना गरिएको हेल्थडेक्समा केही महिना यता कार्यरत हुनुहुन्थ्यो । सङ्क्रमित ४ प्रहरी मध्ये १ जना विराटनगरबाट कही दिन अघि सुरुवा भएर आउनुभएको थियो । अन्य ३ जना मानेभञ्ज्याङ प्रहरी चौकीमा कार्यरत हुनुहुन्थ्यो । कोरोना सङ्क्रमण रोक्न नाकामा खटिएका स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना संक्रमण देखिएपछि मानेभञ्ज्याङ क्षेत्रमा त्रास फैलिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्