जुम्ला सदरमुकाममा पुन निषेधाज्ञा, कैदीबन्दी सहित ३९ कोरोना सङ्क्रमित – Kanika Khabar
Sunday, July 19Nepali News Portal

जुम्ला सदरमुकाममा पुन निषेधाज्ञा, कैदीबन्दी सहित ३९ कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
भदौ १७, जुम्ला
जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकाकाम खलंगा जुम्लामा पुन निषेधाज्ञा जारी गरेको छ । चन्दननाथ नगरपालिकाभित्रै बढी सङ्क्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले पुन अनिश्चितकालीन् निषेधाज्ञा जारी गरेको हो । सङ्क्रमणले झनै भयावह अवस्था लिन थालेपछि जुम्ला सदरमुकामको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, दक्षिण तिलानदी र उत्तरमा कर्णाली प्राविधिक शिक्षालाय क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी थापाले अर्को सूचना नभएसम्मका लागि यी चार किल्लाभित्र जमघट, भेला, भिडभाड, पर्व, जात्रा तथा आसन्न चाडपर्वहरु नगर्न नगराउन र औषधि पसल तथा स्वास्थ्य सेवा बाहेक सम्पूर्ण क्रियाकलाप बन्द गर्न आदेश गरिएको जानकारी दिनुभयो । कुनैपनि पसल, कार्यालय, व्यवसाय र संघ संस्था खोल्न नपाउने गरी सङ्क्रामक रोग ऐन, २०२० को दफा २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा सङ्क्रमण देखिएको हो ।

जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला कारागार जुम्लामा १० र नेपाल विद्युत् प्राधिकरण जुम्लाका ४ कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.मङ्गल रावलले बताउनुभयो । त्यसैगरी तिला गाउँपालिकामा दुई, तातोपानी गाउँपालिकामा दुई, सिञ्जा गाउँपालिकामा एक, पातारासी गाउँपालिकामा एक,कनकासुन्दरी गाउँपालिमा एक, पेस नेपालका कर्मचारी एक, कृषि कार्यालयका एक गरी ३९ जनामा कोरोना सङ्क्रमण देखिएको हो । थप ३९ सहित सक्रिय सङ्क्रमितको सङ्ख्या जुम्लामा ८७ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्