रावा खोला साना जलविद्युत आयोजना नेशनल ग्रिडमा जडान – Kanika Khabar
Sunday, July 19Nepali News Portal

रावा खोला साना जलविद्युत आयोजना नेशनल ग्रिडमा जडान

    मा प्रकाशित

कनिका खबर
भदौ १७, खोटाङ
खोटाङको रावा खोला साना जलविद्युत आयोजना नेशनल ग्रिडमा जोडिएको छ । जिल्लाको केपीलासगढी गाउँपालिका–७ सुंदेल र केपीलासगढी गाउँपालिका–६ दिप्सुङको सिमानामा रहेको ३ मेगावाट क्षमताको माथिल्लो रावा खोलाबाट उत्पादन गरिएको विद्युत मंगलबारदेखि नेशनल ग्रिडमा जोडिएको हो । कन्ट्रक्सनको काम झण्डै चार वर्षमा सकिएपछि माथिल्लो रावा खोला साना जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाईनमा जोड्नका लागि तयार भएको आयोजनाका प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ती तिम्सिनाले बताउनुभयो ।केपीलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सव–स्टेशनको काम पुरा नभएकाले हाललाई गाईघाट–दिक्तेल ३३ केभी प्रशारणलाईन अन्तरगत बुईपा सव–स्टेशनमा जोडिएको रावा इनर्जी डेभलपमेन्ट प्रालिले जनाएको छ । करावा खोलाको पानीलाई सुंदेलको बिहिबारेमा निर्माण गरिएको हेडड्रेसबाट २१ सय मिटर लामो पाईप लाईनमार्फत सुंदेलकै दाम्कुबेँसीमा पानी खसाएर विद्युत उत्पादन गरिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्