भारतमा सङ्क्रमित बढ्दै , पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि – Kanika Khabar
Sunday, July 19Nepali News Portal

भारतमा सङ्क्रमित बढ्दै , पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ १८, दाङ ।
भारतमा कोरोना सङ्क्रमितको संख्या बढ्दै जान थालेको छ । पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

समाचार तयार पार्दासम्म ८२ हजार ८६० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ ।
संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजार ६८ जनाको उपचार भइरहेको छ ।

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६७ हजार ४८६ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्