बागलुङको सुकुर्दुङ खोलामा आएको बाढीले कम्तिमा १० घर बगायो, १२ जना बेपत्ता – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

बागलुङको सुकुर्दुङ खोलामा आएको बाढीले कम्तिमा १० घर बगायो, १२ जना बेपत्ता

    मा प्रकाशित

रासस
भदौ १८, बाग्लुङ ।
बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले कम्तिमा १० घर बगाएको छ ।

सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।
अरिवरल वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले घर बगाउँदा १२ जना सम्पर्क बिहिन भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन’, भण्डारीले भने, ‘अहिले उद्दारको काम भइरहेको छ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।’

बाढीले कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

घटना स्थलमा अहिले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्