लिसङ्खुपाखरमा वृहत्त खानेपानी आयोजना निर्माण सुरु – Kanika Khabar
Tuesday, August 25Nepali News Portal

लिसङ्खुपाखरमा वृहत्त खानेपानी आयोजना निर्माण सुरु

    मा प्रकाशित

कनिका खबर
भदौं १८, सिन्धुपाल्चोक
लिसङ्खुपाखर गाउँपालिकाको गौरवको योजनाको रुपमा रहेको सिक्रे अत्तरपुर खानेपानी आयोजना सुरु भएको छ । वर्षाेदेखि खानेपानी नहुँदा समस्यामा रहेका लिसङ्खुपाखर गाउँपालिका–४ का स्थानीयले अब भने खानेपानीको सुविधा पाउने भएका छन् । वृहत्त खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष कमल नेपालले औपचारिक रुपमा शिलान्यास गरेसँगै स्थानीयको लामो समयदेखिको खानेपानी अभावबाट मुक्त हुने भएका हुन् । खानेपानी आयोजनाबाट वडा नम्बर ४ का २ सय २५ घरधुरीका १४ सय ३५ स्थानीयले खानेपानी सुविधा पाउने अध्यक्ष नेपालले जानकारी दिनुभयो । खानेपानी आयोजनाबाट गाउँपालिका आसपासका नयाँ बस्ती, पाग्रे पुरानो बस्ती, सिक्रे पुरानो बस्ती र पात्लेका स्थानीयले सुविधा पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले बताउनुभयो । गाउँपालिकाले सुरु गरेको एक घर एक धारा कार्यक्रम अन्र्तगत रहेको यस आयोजनापछि खानेपानीको समस्या यी बस्तीहरुमा सँधैका लागि अन्त्य हुने अधिकृत दुलालले जानकारी दिनुभयो । संघीय सरकारको विशेष अनुदान, स्थानीय पुर्वाधार साझेदार कार्यक्रम अन्र्तगत १ करोड ४६ लाख ३५ हजार र प्रदेश प्रदेश सासंद अरुण नेपालको सासंद विकास कोषको ५० लाख सहित झण्डै २ करोड रुपियाँको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्