लकडाउन अझै लम्बिने – Kanika Khabar
Friday, April 26Nepali News Portal

लकडाउन अझै लम्बिने

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २४ दाङ ।
सरकारले पछिल्लो पटक थपेको लकडाउाको म्याद भोलि बिहीबार सकिने भएको छ । यसपछि लकडाउनको समय थप हुने कि नहुने अर्थात् कस्तो मोडालिटीमा लकडाउन हुने भन्ने चर्चा पनि चलिरहेको छ । यतिबेला सरकारले कोरोना भाइरस संक्रमण रोक्न र शुन्यमा झार्न सबै शक्ति परिचालन गर्ने भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिएक छन् ।

‘कोही पनि व्यक्ति र नागरिक हाम्रो मुलुकमा कोरोनाबाट मृत्युबरण गर्न नपरोस् भनेर अहिले अख्तियार गरेको नीतिलाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको छ’ बैठकपछि सचिव विडारीले बताए ।

उनका अनुसार आज वस्ने मन्त्रिपरिषद बैठकले लकडाउनबारे थप छलफल गरेर निर्णय गर्नेछ । यद्यपि लकडाउनलाई निरन्तरता दिने उनको भनाइ छ ।
सरकारले कोरोना नियन्त्रणका लागि लिएको बाटो सही भएको पनि बैठकले निश्कर्ष निकालेको उनले बताए । सरकारले गत चैत ११ देखि लागु गरेको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्