नेकपाको सचिवालय बैठक ३ बजेलाई सारियो – Kanika Khabar
Wednesday, July 29Nepali News Portal

नेकपाको सचिवालय बैठक ३ बजेलाई सारियो

    मा प्रकाशित

कनिका खबर
भदौ १८, दाङ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बिहान ११ बजे बस्ने तय भएको सचिवालय बैठक ३ बजेलाई सारिएको छ ।

केही महिनादेखि चलिरहेको पार्टी आन्तरिक विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न एक साताअघि नै हुने भनिएको बैठक आज हुन लागेको हो ।

बैठकमा कार्यदलको सुझाब प्रतिवेदनमा छलफल हुने निर्धारित एजेण्डा रहे पनि राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने रिक्त एक स्थानमा उपाध्यक्ष वामदेव गौतम र अर्थमन्त्री डा. युवराज खतिवडामध्ये कसलाई पठाउने भन्ने विषय टुंग्याउने तयारी रहेको स्रोतको भनाइ छ ।

पार्टीका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिने चाहना राखेको कुरा बाहिर आएपछि उपाध्यक्ष गौतमले यसअघि पार्टीले गरेको निर्णयअनुसार आफू मनोनित हुनुपर्ने दाबी गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्