कनिका खबर
भदौ १८, दाङ ।
दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ५२ वर्षीय क्यान्सर पीडित सरीता श्रेष्ठलाई घोराही चेम्बर अफ कमर्शले आर्थिक सहयोग गरेको छ । श्रेष्ठ विगत लामो समयदेखि क्यान्सबाट थलिएकी छिन् ।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भन्ने उद्देश्यका साथ घोराही चेम्बरले अस्पतालमा उपचाररत श्रेष्ठलाई केही रकम सहयोग प्रदान गरेको चेम्बरकी अध्यक्ष मञ्जु बज्राचार्यले बताएकी छिन् । हाल चितवनको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी श्रेष्ठको परिवारलाई घोराही चेम्बरले आज ५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको अध्यक्ष बज्राचार्यले बताइन् ।