आज दाङमा थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि ( कुन जिल्लामा कति थपिए ?) – Kanika Khabar
Thursday, March 28Nepali News Portal

आज दाङमा थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि ( कुन जिल्लामा कति थपिए ?)

    मा प्रकाशित

कनिका खबर
भदौ १८, दाङ ।
आज दाङमा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज दाङमा ४ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै स्वास्थ्य कार्यालय दाङको तथ्याङ्क अनुसार दाङमा सङ्क्रमितको संख्या ७९९ पुगेको छ । स्वास्थ्य कार्यालय दाङको हिजोको अपडेट तथ्याङमा ७९५ जना सङ्त्रलमित रहेका थिए भने आज थपिएका ४ जनासँगै ७९९ पुगेको हो ।
मन्त्रालयका अनुसार अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका २ जना, ओखलढुंगाका ७ जना, झापाका १२ जना, तेह्रथुमका २ जना, धनकुटाका ३ जना मोरङका ४६ जना, संखुवासभाका ६ जना र सुनसरीका २७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ६४ जना, पर्साका ६५ जना, बाराका ७१ जना, महोत्तरीका २०जना, रौतहटका २९ जना, सप्तरीका एकजना र सर्लाहीका १०९ जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३५७ जना, काभ्रेका ७ जना, चितवनका ५६ जना, दोलखाका ५ जना, धादिङका ३ जना, नुवाकोटका ४ जना, भक्तपुरका ४२ जना, मकवानपुरका २२ जना, रामेछापका एकजना, ललितपुरका ४६ जना र सिन्धुपाल्चोकका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३१ जना, गोरखाका ५ जना, तनहुँका ३ जना, नवलपरासी पूर्वका ६ जना, लमजुङका ९ र बाग्लुङका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका ११ जना, गुल्मीका १० जना, नवलपरासीका ९ जना, पाल्पाका २ जना, प्युठानका २ जना,बर्दियाका ५ जना, बाँकेका ८ जना र रुपन्देहीका ५२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमाम कालिकोटका २ जना, जाजरकोटका एकजना, दैलेखका ६ जना,सल्यानका २ जना र सुर्खेतका ७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ६जना, कंचनपुरका ३ जना, कैलालीका १५ जना, डोटीका ४ जना, दार्चुलाका २ जना, बझाङका १० जना र बैतडीका २ जनामा कोरोना पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्