भक्तपुरका कोरोना सङ्क्रमित महिलाको पाटन अस्पतालमा मृत्यु – Kanika Khabar
Sunday, July 26Nepali News Portal

भक्तपुरका कोरोना सङ्क्रमित महिलाको पाटन अस्पतालमा मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं १८, भक्तपुर
भक्तपुरमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका वडा नं. ६ चपाचो बस्ने ४० वर्षीया महिलाको गएराति दुई बजे मृत्यु भएको हो । मृतक महिलामा भाद्र ४ गते कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । मृतक महिलाको दुवै मृगौलाले काम नगरेपछि अस्पतालमा डायलासिस गर्न जाँदा कोरोना परीक्षण गरेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमण भएपछि गम्भीर बनेकी उनको उपचारकै क्रममा मृत्यु भएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्