बाग्लुङका बाढीपीडितलाई सहयोग गर्न सबै जुटौँ: नेतृ डिला – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बाग्लुङका बाढीपीडितलाई सहयोग गर्न सबै जुटौँ: नेतृ डिला

    मा प्रकाशित

कनिका खबर
भदौ १९, दाङ ।
प्रतिनिधि सभा सदस्य तथा नेपादली काङ्ग्रेसको केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलालले बाग्लुङका बाढी पीडितलाई सहयोग गर्न सबैलाई आग्रह गरेकी छिन् । ‘बागलुङ, ढोरपाटनस्थित सुकुर्दुङ खोलामा बाढी आउँदा १९ जनाको निधन भएको तथा २२ जना बेपत्ता भएको हृदयविदारक समाचारले सम्पूर्ण नेपालीहरु मर्माहत बन्न पुगेका छन् । प्राकृतिक विपद्को यस घडीमा स्थानीय, प्रदेश र संघीय सरकारका तर्फबाट आवश्यक राहत र ब्यबस्थापन गरी ढोरपाटनवासीमा भएको धनजनको अपूरणीय क्षतिलाई मनन गर्दै राजनीतिक दल, सुरक्षाकर्मी, सामाजिक अभियन्ता सबैबाट पहलकदमी गर्दै उद्धार सहयोगमा जुटौं ।’ सङ्ग्रौलाले निवेदन गरिन् ।
साथै सबै मृतआत्माको चीर शान्तिको कामना साथै परिवारजनमा समवेदना प्रकट गर्दै यस वर्ष बाढी पहिरोका कारण जनधनको क्षतिका घटनाहरु निकै बढी भएको र विकासका नाममा जतासुकै डोजर कुदाइनु र सरकार मूकदर्शक बनिरहनु ठूलो चिन्ताको विषय बनेको छ उनले बताइन् । प्रकृतिमैत्री, दीगो विकासका बारे व्यापक बहस चलाउन पनि उनले सम्बन्धित पक्षले सुभलाव दिएकी छिन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्