मन्त्रीपरिषदको बैठक आज बस्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मन्त्रीपरिषदको बैठक आज बस्दै

    मा प्रकाशित

कनिका खबर
भदौं १९, काठमाडौं
मन्त्रीपरिषदको बैठक आज बस्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि मन्त्रीपरिषदको बैठक बोलाउनुभएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई अहिलेसम्म भए÷गरेका काम कारबाहीको समिक्षात्मक टिप्पणीका लागि विशेष समय दिने तयारी गर्नुभएको छ । जसमा खतिवडाले आफ्नो ३० महिने कार्यकालको समिक्षा प्रस्तुत गर्नुहुनेछ । कार्यकाल सकिएपछि मन्त्री खतिवडाको आजको मन्त्रीपरिषद बैठक अन्तिम हुनेछ । उहाँले हिजै मन्त्री निवासबाट सामान पनि सारिसक्नुभएको छ । राष्ट्रियसभाको सदस्यका रुपमा उहाँको कार्यकाल यसअघि नै सकिएको र थप गर्ने निर्णय नेकपाबाट नभएपछि उहाँ मन्त्रीपदबाट हटनुपर्ने भएको छ ।

मन्त्री बन्न राष्टियसभा वा व्यवस्थापिका संसदको सदस्य हुनुपर्छ । यसअघि हिजो बसेको नेकपा सचिवालयको बैठकबाट बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्या बनाउने निर्णय भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्