बागलुङको ढोरपाटन बोबाङमा बाढी र पहिरोमा परि मृत्यु भएकामध्ये चारजनाको सनाखत – Kanika Khabar
Sunday, July 19Nepali News Portal

बागलुङको ढोरपाटन बोबाङमा बाढी र पहिरोमा परि मृत्यु भएकामध्ये चारजनाको सनाखत

    मा प्रकाशित

कनिका खबर
भदौं १९, बागलुङ

बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेमा ढोरपाटन–९ का २६ वर्षका केशमाया विक, ४५ वर्षका विरे विक, २२ वर्षका जीवन विक र ११ वर्षका डल्ले विक रहेको प्रहरीले जनाएको छ । उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने बताइएको छ । १० जनाको शवको अझै सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । बुधबार राति आएको बाढी र पहिरोले बस्तीमा क्षति पु¥याउनुका साथै मानिसले भागेर ज्यान जोगाउन खोज्दा खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य आज बिहानैदेखि जारी रहेको छ ।

पहिरोले फलेघर र सुपुर्दुङका दर्जन बढी घर बगाएको छ भने वडा नं. ८ सम्म आइपुग्दा ४० घर बगेका छन् । ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी आउँदा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्