वैशाखदेखिको विपदका घटनामा ३ सय १७ जनाको मृत्यु – Kanika Khabar
Monday, October 14Nepali News Portal

वैशाखदेखिको विपदका घटनामा ३ सय १७ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं १९, काठमाडौं
गएको वैशाख एक गते यता मात्रै विपद्का विभिन्न घटनामा परेर तीन सय १७ जनाको मृत्यु भएको छ । साढे चार महिनाको अवधिमा सबैभन्दा बढी पहिरोमा परेर दुई सय ४५ जना, चट्यांङ लागेर ५५ जना र बाढीबाट २० जनाको मृत्यु भएको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो ।

जेठ ३० गतेबाट सुरु भएको मनसुनपछिमात्र दुईसय ८२ जनाको मृत्यु भएकोमा सबैभन्दा बढी दुईसय ४३ जना पहिरोबाट, चट्यांङ लागेर २५ जना र बाढीबाट १४ जनाको मृत्यु भएको गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालिन सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले सीआईएनसँग बताउनुभयो ।

बैशाख यता बाढी पहिरो र चट्याङमा परेर तीन सय ८८ जना घाइते भएका छन् भने बाढी र पहिरोमा ७१ जना बेपत्ता भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्