फलेवासमा वार्षिक प्रगति प्रस्तुति तथा समिक्षा कार्यक्रम सुरु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

फलेवासमा वार्षिक प्रगति प्रस्तुति तथा समिक्षा कार्यक्रम सुरु

    मा प्रकाशित

कनिका खबर
भदौं १९, पर्वत
पर्वतको फलेवास नगरपालिकामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति प्रस्तुति तथा समिक्षा कार्यक्रम सुरु भएको छ । गत वर्ष सञ्चालन भएका योजनाहरुको प्रगति र आगामी कार्यदिशाका बरेमा छलफल सुरु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पदमपाणी शर्माले नगरपालिका स्थापना भएदेखि नै पाइपलाईनको रुपमा विकास निर्माणका कार्यहरू सञ्चालन गरेको बताउनुभयो ।

बजेट कार्यनयनमा जोड दिँदै नगरको गौरवका लागि दीर्घकालिन दिगो विकासका कार्य सञ्चालन गरेको भन्दै निती, नियम र प्रक्रिया अनुसार सबै पक्षसँग समन्वय गरेर व्यवस्थित तरिकाले कार्य सम्पादनमा जोड दिएको उल्लेख गर्नुभयो । नगर उपप्रमुख मन्जु अधिकारीले नगरले उल्लेखनीय कार्यहरू सञ्चालन गरेकोले नै देशभरकै उत्कृष्ट नगरपालिका भएको बताउदै नगरलाई विकास र समृद्धितर्फ लैजान सबैको साथ र सहयोगको आवश्यकता रहने बताउनुभयो ।

हिजो पहिलो दिन नगरका ११ वटै वडाका सचिवहरुले वडामा सञ्चालित कार्यहरूको प्रगति प्रस्तुत गरिएको थियो । आज नगरका शाखा प्रमुखहरुले शाखाबाट सम्पादित कार्यको बारेमा वार्षिक प्रगति प्रस्तुत गर्ने बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्