ललितपुर घटनाप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त – Kanika Khabar
Sunday, July 19Nepali News Portal

ललितपुर घटनाप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

    मा प्रकाशित

कनिका खबर
भदौ १९, दाङ ।
हिजो बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीय र प्रहरीबीच भएको हिंसात्मक झडपको घटनाप्रति नेपाली कांग्रेस संसदीय दलले दुःख व्यक्त गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार साँझ विज्ञप्ति जारी गरेर ललितपुरको घटनाप्रति दुःख व्यक्त गरेका हुन् । खाँणले कम्युनिस्ट सरकारले समन्वय गर्न नसक्दा ललितपुरमा घटना भएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सदियौंदेखि चल्दै आएका विभिन्न जात्रा पर्व हाम्रो संस्कृति र परम्पराका धरोहर हुन्, यसको हामी सबैले सम्मान एवं जगेर्ना गर्नु हाम्रो दायित्व तथा कर्तव्य हो ।’

‘हाल देश नै कोभिड १९ महामारीको कारण आक्रान्त रहेको अवस्थामा छ’, विज्ञप्तिमा भनिएको छ, ‘देशका विभिन्न स्थानका साथै काठमाडौं उपत्यकामा पनि दुई साताभन्दा बढी समयदेखि निषेधाज्ञा जारी छ ।’
नेपाली कांग्रेसले ललितपुरको घटनामा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको काम गरेको छ ।

Image may contain: text

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्